दफा ५८
मिटरको सुरक्षा
(१) उपभोक्ताले मिटरको : सुरक्षा तथा बचावटको लागि सेवाप्रदायकले तोके बमोजिमको च्याम्बर बनाइ मिटरको सुरक्षा गर्नु पर्नेछ ।

(२) सेवाप्रदायकले मिटरमा लगाएको सिल सेवाप्रदायकको तर्फबाट खटिई आएको व्यक्ति बाहेक अन्य व्यक्तिले फेर्न वा खोल्न हुँदैन ।